धनगढीमा मोटरसाइकल दुर्घटना

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

आइतबार राति अत्तरिया–धनगढी ६ लेन सडकखण्डअन्तर्गत गेटा मेडिकल कलेज अगाडि मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा बर्दगोरिया गाउँपालिका–४ का ३२ वर्षीय राजेन्द्र सुवेदी रहेका छन्।

सुपप्र ०१००९ प १२५१ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार बाजुराको बुढीनन्दा नगरपालिका–४ बस्ने २४ वर्षीय जनक रोकाया घाइते भएका छन्।

उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *