पेट्रोलमा पाँच र डिजेल/मट्टीतेलमा चार रुपैयाँ मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

आइतबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल/मट्टीतेलमा चार रुपैयाँ घटाएको हो।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त पेट्रोल तथा डिजेल/मट्टीतेलको नयाँ खरिद मूल्य घटेर आएका कारण निगम सञ्चालक समितिको निर्णयबमाेजिम साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पेट्रोलमा ५ रुपैयाँ र डिजेल/मट्टीतेलमा चार रुपैयाँले घटाइएको हो।

निगमका अनुसार मूल्य घटेसँगै पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १६३ र मट्टीतेल/डिजेलको मूल्य १५१ कायम हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *