दुई मोटरसाइकल ठोक्किँदा १ को मृत्यु

काठमाडौंको टोखा नगरपालिका १ मा दुई मोटरसाइकल आपसमा ठोक्किँदा १ को मृत्यु, १ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नुवाकोट शिवपुरी-५ महाकालीका रिवाज आचार्य छन् ।

प्रहरी वृत्त महाराजगन्जका अनुसार शनिबार दिउँसो १४:२५ बजे टोखा-१ फूलबारी गेटस्थित सडक खण्डमा बा.प्र.०२.०३९ प.९८२८ र बा. प्र. ०२-०५३ प ६३७८ नं को मोटरसाइकल ठोक्किएको हो ।

६३७८ नं को मोटरसाइकल चालक आचार्यको उपचारका क्रममा धापासीस्थित ग्रान्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्को मोटरसाइकल चालक भोजपुर पवादुम्न गाउँपालिका-२ घर भई हाल भक्तपुर डेरा गरी बस्ने २८ वर्षीय प्रदीप तिवारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उक्त घटनापछि स्थानीयले सडकमा प्रदर्शन गरेका छन् ।

दुवै सवारी साधन प्रहरी प्रभाग टोखाले नियन्त्रणमा लिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *