जनकपुरमा टाटाकाे बहुप्रतीक्षित गाडीहरु सार्वजनिक

नेपालका लागि टाटा माेटर्सकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटाको नेपालमा हालै लन्च भएको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा टियागो ईभी – २०२५

जनकपुरस्थित गिरिजा अटोमोवाइलस्मा बहुप्रतीक्षित गाडीहरु कर्भ इभि, नेक्सन के३ र टाटा सफारी सार्वजनिक गरेको छ।

सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती, टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथै मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरीको प्रमुख अतिथित्व रहेको थियो ।

कार्यक्रममा सिप्रदी  ट्रेडिङका प्यासेन्जर भेइकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले टाटा ईभीका नयाँ मोडलहरु जनकपुरमा सार्वजनिक गर्न पाउँदा उत्साहित भएको बताए।

उनले कर्भ.ईभी डिजाइन, प्रिमियम फिल, सेफ्टी फिचर, उत्कृष्ट साउन्ड सिस्टम र नेपाल बाटोघाटोलाई सुहाउने प्रिमियम गाडी भएकोले प्रिमियम एसयूभी लिन खोज्ने ग्राहकहरुको पहिलो रोजाइमा पर्नेमा ढुक्क भएको उल्लेख गरे।

उनका अनुसार नेक्सन के३ ईभी अझै ठूलो ब्याट्रीमा धेरै रेन्जमा आएको छ। टियागो ईभी २०२५ मोडल नयाँ लुक्स, नयाँ सुविधाहरू तर पुरानै मूल्यमा आएको छ।

अब ग्राहकहरुले नेपालको बाटो सुहाउँदो, सुरक्षित टाटाको गाडीहरु आफ्नो बजेट र इच्छाअनुसारले रोज्न सक्ने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *