राजमार्गको उपचार सशस्त्रको भरमा

नागढुंगा–मुग्लिन सडक खण्डमा पर्ने चितवनको इच्छाकामना गाउँपालिका– ४ स्थित सशस्त्र प्रहरीको (एपिएफ) पृथ्वी हाइवे ट्रमा सेन्टर सञ्चालनमा छ । अहिले उक्त हाइवे क्षेत्रमा दुर्घटनामा घाइते भएकाहरूको उपचार यही अस्पतालमा हुने गरेको छ ।

अस्पतालका चिकित्सक डा. निर्मल विकका अनुसार ६ वर्षअघि अमेरिकी सरकारको अनुदानमा यो अस्पताल बनेको हो ।

सशस्त्रकै बलम्बुस्थित अस्पताल मातहत यो अस्पताल चलिरहेको छ । ‘यो अस्पतालको मुख्य उद्देश्य दुर्घटनाका बिरामीलाई उपचार सेवा दिने, सक्दो उद्धार गर्ने र रेफर गर्ने हो,’ डा. विकले भने ।

विज्ञटिमले दिएको सुझावका आधारमा सरकारले यही अस्पतालसँग अन्य अस्पतालले पनि समन्वय गर्ने गरी परियोजना सञ्चालन गर्न खोजेको छ ।

तर, अहिलेसम्म सम्झौता गरेको छैन । ‘परियोजना लागू भयो भने हामीले नजिकका अस्पतालसँग समन्वय गर्ने हो, तर सरकारले यसबारे कुनै सम्झौता गरेको छैन,’ डा. विकले भने ।

पृथ्वी हाइवे ट्रमा सेन्टरमा हाल ३० बेड छन् । यो अस्पतालसँग ‘नास क्याजुएल्टी भेइकल’ छ ।

जसमा ६ बेडसहित भेन्टिलेटर, मनिटर, इको, इसिजी, भिडियो एक्सरेलगायत सुविधा जडान छ ।

दुर्घटनाका बिरामी बोक्न यो एम्बुलेन्स दौडिन्छ ।

राजमार्गबाट ४५० मिटरको दूरीमा रहेको अस्पतालमा हेलिप्याडको समेत सुविधा छ , हाइवेमा रहेका नौवटै अस्पतालमा जम्मा १४ वटा मात्रै एम्बुलेन्स छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *