भरतपुरमा विद्युतीय सवारी मर्मत तालिम

चितवन अटोमेकानिकल व्यवसायी संघ, सिजी मोटर्स र युरो मोटर्सको संयुक्त आयोजनामा भरतपुरमा विद्युतीय सवारी मर्मत सम्भार सम्बन्धि क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम गरिएको छ ।

विद्युतीय सवारीको बढ्दो माग र दक्ष प्राविधिक परिपुुर्ति गर्ने उद्धेश्य सहित चितवनका अटो प्राविधिकलाई एक दिने तालिम तथा अभिमुखिकरण दिईएको हो ।

तालिमको अवसरमा बोल्दै युरो मोटर्सका प्रबन्ध निर्देशक सन्तोष भट्टराईले यसअघि इञ्जिन गाडी मर्मत गर्दै आएका प्राविधिकलाई विद्युतीय गाडीको मर्मत सम्भार तथा प्राविधिक ज्ञान दिने उद्धेश्य सहित तालिम आयोजना गरिएको बताए ।

‘पछिल्लो समय विद्युतीय गाडीको बिक्री अत्यधिक छ, तर हामीसंँग विद्युतीय गाडीका प्राविधिक एकदमै कम छ ।

बजारमा विद्युतीय गाडीको मागलाई पनि केही टेवा पुुगोस भन्ने हाम्रो उद्धेश्य हो ’ प्रबन्ध निर्देशक भट्टराइले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *