मोटर शोमा नेटाको ३२८ बुकिङ

पिटी नेटा अटो इन्डोनेसिया ले २०२५ इन्डोनेसिया इन्टरनेसनल मोटर शोमा सफलतापूर्वक पहिलो सहभागिता जनाएको छ।

फेब्रुअरी १३-२३ सम्म जकार्तामा आयोजित शोमा नेटा भी र नेटा एक्सको ३२८ बुकिङ प्राप्त भएको छ।

पिटी नेटा अटो इन्डोनेसियाका प्रबन्ध निर्देशक क्रिस लान भन्छन्, ‘यो उपलब्धिले इण्डोनेसियाली ग्राहकहरूको विश्वास दर्शाउँछ र उच्च गुणस्तरीय, किफायती विद्युतीय सवारीहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई थप मजबुत बनाउँछ।’

सोमा नेटाले नेटा भी-II अर्बान स्पोर्ट कन्सेप्ट प्रस्तुत गर्दै निःशुल्क वाल चार्जर, विशेष बीमा, र लाइफटाइम वारेन्टी जस्ता आकर्षक अफरहरू प्रदान गर्यो।

साथै, नेटा ले आफ्ना उपभोक्ताहरूलाई विशेष रूपमा स्टलमा आमन्त्रित गरी अन्तरक्रिया बढायो।

लान भन्छन्, “इण्डोनेसिया विश्वकै ठूला ईभी बजारमध्ये एक बन्ने सम्भावना राख्छ। नेटा ले यस रूपान्तरणलाई समर्थन गर्दै बिक्रीपछिको सेवा सञ्जाल विस्तारमा केन्द्रित रहनेछ।”

यसैबीच, नेपालमा नेटा को आधिकारिक वितरक सिजी मोटर्सले १००० भन्दा बढी नेटा भी र नेटा एक्स बिक्री गरिसकेको छ, जसलाई २२ बिक्री तथा सेवा केन्द्रहरू र २५०+ चार्जिङ स्टेशनहरूको नेपालकै सबैभन्दा ठूलो ईभी नेटवर्क को साथ समर्थन गरिएको छ।

सिजी मोटर्स र नेटा ब्रान्डप्रति बढ्दो विश्वासले नेपाल ईभी बजारमा नयाँ उपलब्धि हासिल गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *