दाउन्नेमा ट्रक र बस ठोक्किए

नारायणगढ-बुटवल सडक खण्डको दाउन्नेमा ट्रक र बस ठोक्किएका छन् ।

गएराति ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग बिहानैदेखि दुईतर्फी अवरुद्ध भएको छ । सवारी साधनको लाइन पूर्वतर्फ दुम्कीबासम्म छ ।

अहिले ठोक्किएका दुवै गाडी हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

यो क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ । सडक भत्किएर खाल्डाखुल्डी भएकाले लामो समयदेखि यात्रुहरुले सास्ती भोग्दै आएका छन् ।

चालकहरुले लेन मिचेर सवारी चलाउनाले पनि यस क्षेत्रमा दुर्घटना हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *