एमजीको नयाँ ईभी प्लेटफर्ममा बनेको एस फाइभ निक्कै अब्बल र शक्तिशाली अवतारमा आएको छ।
एमजीको यो कार चीनपछि अन्तर्राष्ट्रिय बजारको पहिलो उपस्थिति नै नेपाल रहेको छ।
एमजीले नेपाली बजारको विद्युतीय सवारीको स्वीकार्यतालाई समेत प्राथमिकता दिएको छ।
एक सय वर्षभन्दा पुरानो लिगेसी भएको एमजी ब्रान्डले विद्युतीय सवारी उत्पादनलाई प्राथमिकतामा राखेको र एकपछि अर्को उत्कृष्ट उत्पादनहरु ल्याउने क्रममा रहेको छ।
पछिल्लो उत्पादन एमजी एस फाइभ नेपाली बजारमा बिक्रीका लागि उपलब्ध छ।
पारामाउन्ट मोटर्सले एस फाइभ नेपाल भित्रिएलगत्तै मिडिया टेस्ट ड्राइभसमेत गराइसकेको छ।
करिक ५० किलोमिटर दुरीमा गरिएको टेस्ट ड्राइभमा गाडीको स्ट्याविलिटी कन्ट्रो, शून्यदेखि १ सय किलोमिटरसम्मको परीक्षण तथा इन्डिपेन्डेन्ट सस्पेन्सन सिस्टमको अनुभव गराइएको थियो।
यी ती वटै गुणमा एस फाइभ अब्ब रहेको सावित भएको छ।
सबैभन्दा महत्वपूर्ण कुरा जस्तो पावर र विशेषताले एमजी एस फाइभ भरिएको छ त्योभन्दा आकर्षक मूल्यमा कम्पनीले सो विद्युतीय एसयूभी उपभोक्तलाई उपलब्ध गराउँदै छ।
सेगमेन्टकै सबैभन्दा धेरै विशेषता भएको एस फाइभ रेयर ह्वील ड्राइभ विद्युतीय कार हो।
यो कार कम्पनीले ४६ लाख ९९ हजार वा त्योभन्दा कम मूल्यमा बिक्रीका लागि उपलब्ध गराउँदै छ।
पारामाउन्ट मोटर्सले विभिन्न तीन भेरियन्टमा एमजी एस फाइभ नेपाल ल्याएको छ।
कम्पनीले ४९ किलोवाट आवर र ६२ किलोवाट आवरको दुई ब्याट्री अप्सनसहित एस फाइभलाई तीन भेरियन्टमा ल्याएको हो।
कम्पनीले एस फाइभको सुरुवाती मूल्य ४३ लाख ९९ हजार रुपैयाँबाटै बिक्री थाल्ने छ। जसमा ४९ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ।
यही ब्याट्रीको फुल अप्सन एस फाइभको भने ४९लाख ९९ हजार रुपैयाँमा बिक्री गर्ने तयारी कम्पनीले गरेको छ।
यी दुई भेरियन्टमा रहेको मुख्य फरक भनेको तीनवटा विशेषता छ।
कम मूल्यको भेरियन्टमा पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा र वायरलेस चार्जर उपलब्ध छैन।
यी सबै विशेषता टप भेरियन्टमा भने उपलब्ध रहेको छ।
कम्पनीले ठूलो ६२ किलोवाट आवर क्षमताको ब्याट्रीमा उपलब्ध हुने भेरियन्टको मूल्य भने ५४ लाख ९९ हजार रुपैयाँ राखेको छ।
टप भेरियन्ट खरिद गर्ने उपभोक्ताले १३ किलोवाट आवर बढी क्षमताको ब्याट्री पाउने छन्।
एजी एस फाइभ ईभी विशेषगरी मोडर्न र स्पोर्टी डिजाइनमा आधारित छ। एरोडाइनामिक सेप र फ्रेस डिजाइन एलिमेन्टसहित एस फाइभ ईभी बनेको छ।
मोर भर्टिकल क्याबिन स्पेस, उत्कृष्ट क्याबिन स्पेसहित पर्यात लेग र हेड रुम एस फाइभमा उपलब्ध छ।
बर्न इलेक्ट्रिक प्योर ईभी प्लेटफर्म अर्थात एमएसपी (मोडुलर स्कलेवल प्लेटफर्ममा आधारित रहेको छ।
त्यस्तै एस फाइभ ईभीको महत्वपूर्ण कुरा रेयर ह्वील ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्सन सेटअप हो।
९९ किलोवाट मोटर भएको एस फाइभले २५० एनएम टर्क जेनेरेट गर्छ।
यो कारमा सीउटीएलले उत्पादन गरेको ४९ किलोवाट आवर एलएफपी ब्याट्री प्याक छ जसले ३ सय ४० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी प्रमाणित रहेको छ।
त्यस्तै ६२ किलोवाट आवर ब्याट्री प्याक भएको एस फाइभले ४ सय ३० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी प्रमाणित रहेको छ।
हिटेड फ्रन्ट सिट भएको एस फाइभ ईभीको ग्राउन्ड क्लियरेन्स १ सय ८० एमएम रहेको छ।
यो कारमा प्रयोग भएको ब्याट्री विश्वकै सबैभन्दा पातलो ब्याट्री प्याक करहेको कम्पनीले दाबी गरेको छ।
यसका साथै एमजी एस फाइभमा एमजी एप कनेक्टिभिटी रहेको छ। यसबाट तीन वर्षसम्म युट्युब, टिकटक, स्पोर्टफाइ र च्याट जीपीटी कनेक्ट हुनेछ।
एमजीले इन्ट्री भेरियन्टमा १७ इन्चको ह्वील रहेको छ भने माथिल्ला दुई भेरियन्टमा १८ इन्चको ह्वील उपलब्ध रहेको छ।
एमजी एस फाइभको लम्बाई ४४ सय ७६ एमएम, चौडाई १८ सय ४९ र उचाई १६ सय २१ एमएम रहेको छ।
नेपालमा पछिल्लो समय ग्राहकहरुको रोजाईमा परेको इभीका लेसेष्ट प्रविधिका परिमार्जित मोडलका गाडीहरु भित्रिएका छन्, जसका कारण एसयुभी सेग्मेन्टका गाडीहरुमा निकैं प्रतिस्पर्धा हुने देखिन्छ ।