गाईघाटमा जिपको ठक्करबाट दिदीबहिनीको मृत्यु

उदयपुर सदरमुकाम गाईघाटमा बोलेरो जिपको ठक्करबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार त्रियुगा नगरपालिका–१२, डिएमगेटको भित्री सडकमा बिहीबार साँझ बोलेरो गाडीको ठक्करबाट सप्तरी जिल्ला घर भई गाईघाट बस्दै आएका ललन दासकी छोरी १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवकुमारी दासको मृत्यु भएको हो।

डिएसपी दोङले सडक पेटीमा बसिरहेका दुवै दिदीबहिनीलाई गाईघाटमा रहेको हिमशिखर फर्निचरको गाडी प्र.नं. १ ०५ ००१ च ००९१ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई ठक्कर दिएको बताए।

उनले भने, ‘ठक्करबाट बहिनी देवकुमारीको घटनास्थलमै मृत्यु भएको थियो, दिदी अनुकुमारीको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो।’

डिएसपी दोङले गाडीचालक त्रियुगा नगरपालिका–९, गैरुन बस्ने १८ वर्षका निर्जल कटुवाललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *