नेपालमा विद्युतीय सवारीसाधनको लोकप्रियता बढ्दै जाँदा बीवाईडीले आफ्ना ग्राहकहरूलाई थप सुविधा दिने निर्णय गरेको छ।
कम्पनीका आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडीका सम्पूर्ण ईभी मोडेलमा वारेन्टी अवधि बढाएको घोषणा गरेको छ।
काठमाडौंमा फागुन १८ गतेसम्म चलेको ‘बीवाईडी हाई–टेक विक २०२५’ का अवसरमा कम्पनीले यो नयाँ प्रस्ताव ल्याएको हो।
यसअघि बीवाईडीले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर (जुन पहिला पूरा हुन्छ) वारेन्टी दिँदै आएको थियो। अब यो अवधि बढाएर १० वर्ष वा २ लाख किलोमिटर पुर्याइएको छ।
बीवाईडीका सफल मोडेलहरू एट्टो ३, डल्फिन, र एम६ मा विशेष रूपमा यो सुविधा दिइएको छ।
साथै, बीवाईडीले हालै नयाँ अत्याधुनिक मोडेलहरू समेत सार्वजनिक गरेको छ, जसमा याङवाङ यु८, डेन्जा जेड९ जीटी, र बीवाईडी शार्क ६ प्रमुख छन्।
यी गाडीहरू आधुनिक प्रविधि, उच्च सुरक्षा स्तर र उत्कृष्ट पर्फमेन्सका लागि चिनिन्छन्।
ब्लेड ब्याट्री प्रविधिले बीवाईडीका गाडीहरूलाई थप सुरक्षित बनाएको छ।
उच्च चार्जिङ क्षमताका कारण चर्चित यो ब्याट्री ‘नेल पेनिट्रेसन टेस्ट’ मा समेत सफल देखिएको छ, जसले थप सुरक्षाको ग्यारेन्टी दिन्छ।
बीवाईडी हाई–टेक विक फागुन १८ गतेसम्म चलेको थियो, जसमा ग्राहकहरूले विभिन्न अफर तथा बीवाईडीको नयाँ प्रविधिबारे विस्तृत जानकारी लिएका थिए।
साथै, ग्राहकहरूले बीवाईडीका नयाँ मोडेलहरूको अनुभव लिने अवसर समेत पाएका थिए।