Skip to content
अमेरिकामा एकपछि अर्को विमान दुर्घटनाका खबर आइरहेका छन् ।
यसैबिच, शनिवार एउटा ठुलो दुर्घटना हुनबाट जोगिएको छ ।
शनिवार नेवार्क विमानस्थलबाट उडान भरेको केही समयपछि नै फेडेक्स विमानले आपत्कालीन अवतरण गर्यो ।
विमानमा चरा ठोक्किएपछि इन्जिनमा लागेको आगो अनि आपत्कालीन अवतरण गर्नुपरेको बताइएको छ ।
न्युयोर्क र न्यु जर्सीको पोर्ट अथोरिटी र फेडेक्सका अनुसार चरा ठोक्किएपछि विमानको दायाँ इन्जिनमा अचानक आगो लागेको थियो ।
Post Views: 338