गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ११५ उडान

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढ्न थालेको छ ।

सन् २०२५ को फेब्रुअरीमा एक सय १५ वटा अन्तर्राष्ट्रिय उडानमार्फत ६ हजार सात सय ७९ जना यात्रुले सेवा प्राप्त गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

उनले भने, ‘रुपन्देहीमा म्यानपावर कम्पनी, श्रम स्वीकृति कार्यालय, भिसा सेन्टरलगायतका अत्यावश्यक कार्यालयलाई व्यवस्थित गर्न सके विमानस्थल नियमित सञ्चालनमा सहज बन्नेछ ।’

भैरहवा विमानस्थलमा भएको अन्तर्राष्ट्रिय उडान र यात्रु सेवामा यो हालसम्मकै उच्च हो ।

फेब्रुअरीमा फ्लाई दुबई, जजिरा एयरवेज, थाई एयर एसिया, नेपाल एयरलाइन्स तथा चार्टर उडान भएका छन् ।

सो अवधिमा फ्लाई दुबईमार्फत २,४०३, जजिरा एयरवेजमार्फत ३,२६५, थाई एयर एसियामार्फत १,०९७, नेपाल एयरलाइन्समार्फत एक तथा चार्टर उडानमार्फत १३ यात्रुले यात्रा गरेका छन् ।

तीमध्ये २११ विदेशी यात्रु रहेका छन् ।

नेपाल एयरलाइन्स र फ्लाई दुबईमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै यात्रा गर्ने यात्रुको संख्या ४,०४० रहेको छ ।

महाप्रबन्धक तिवारीका अनुसार नोभेम्बर २०२४ मा अन्तर्राष्ट्रिय उडान पुनः सुरु भएयता यात्रु संख्यामा निरन्तर वृद्धि हुँदै आएको छ ।

नोभेम्बर २०२४ मा ४,२७९, डिसेम्बर २०२४ मा ३,८७८, जनवरी २०२५ मा १,३६५ र फेब्रुअरी २०२५ मा ६,७७९ यात्रु ओहोरदोहोर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *