नेपालकै ठूलो इभी कार्निभल

नेपालका लागि दिपल, नामी र सेरेस इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आजबाट (आइतबार) काठमाडौं नक्सालस्थित अमरपाली बैंक्वेट लगायत देशभरका सोरुमहरूबाट इभी कार्निभल सुरु गरेको छ।

बुधबारसम्म चल्ने नेपालकै ठूलो इभी कार्निभलमा ग्राहकहरूले दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न सक्नुहुनेछ।

एमएडब्लु वृद्धि इभी कार्निभलमा ग्राहकले हरेक इभी मोडेलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, फ्रि रोड ट्याक्स र अटोप्लस इन्स्योरेन्स पाउनुहुनेछ।

ग्राहकले टप ८ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट रिकन्डिसन भ्यालु पनि पाउनुहुनेछ। यसका अलावा हरेक टेस्ट ड्राइभ र भ्यालुएसन मापनि ग्राहकले उपहार पाउनुहुनेछ।

कार्निभलमा चांगानको अफरोड क्यापाबल र स्टाइलिस हन्टर पिकअप पनि डिस्प्लेमा राखिएको छ, जसलाई मात्र १० प्रतिशत डाउन पेमेन्टमा घर लान सकिनेछ।

साथै, हरेक दिन बुकिंग गर्नेमध्ये भाग्यशाली एक जोडीले नगरकोटस्थित कन्ट्रि भिल्लामा फ्रि नाइट स्टे पाउनुहुनेछ भने बम्पर उपहारमा बुकिंग गर्ने एक जनाले लक्की ड्रमार्फत आईफोन १६ प्रो म्याक्स पाउनुहुनेछ।

यो मेलामा ग्राहकले भर्खरै सार्वजनिक भएको संसारकै पहिलो ट्रान्सफर्मर एसयूभीको अनुभव पनि गर्न सक्नुहुनेछ, जुन एउटा सिंगल बटनमा एसयूभीबाट पिकअप ट्रकमा परिणत हुन्छ।

साथै, यो कार्यक्रममा ग्राहकले दिपलको चर्चित मोडल एस०७, एस०७एल, एल०७का साथै नामी बक्स र सेरेस थ्रिको टेस्ट ड्राइभ गर्न सक्नुहुनेछ।

तसर्थ, यो इभेन्ट हरेक इभी प्रेमीका लागि अभूतपूर्व अनुभवको हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *