पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैया र धनगढीमाईमा आज भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार मिर्चैया नगरपालिका– ७ मा रहेकोे ट्रकमा ‘पिकअप भ्यान’ ठोक्किँदा त्यसका सहचालक सिन्धुलीको दुधौली नगरपालिका- १४ का २७ वर्षीय मिलन सुनारको घटनास्थलमा मृत्यु भएको हो ।
पिकअप भ्यानका चालक दुधौली नगरपालिका- १४ का सागर सुनार अवस्था गम्भीर छ ।
यसैगरी, धनगढीमाई नगरपालिका– १० कसहाबाट लहानतर्फ गइरहेको टिपरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलचालक मिर्चैया नगरपालिका– ५ का ५७ वर्षीय अजबलाल साहको मृत्यु भएको छ ।