टाटा कर्भ ईभी सार्वजनिक

टाटाको एसयूभी कर्भ ईभी सार्वजनिक भएको छ । टाटाका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले कार सार्वजनिक गरेको हो ।

यो कार सेतो र खैरो रङमा रहेको छ । यसको ड्यासबोर्डमा १२।३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टच स्क्रिन छ ।

हाई भेरियन्टहरूमा १०।२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ ।

यसमा ६ वटा एयर ब्याग छन् । यसमा अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम छ ।

यसमा ब्याट्री प्याक ४५ किलोवाट आवर र ५५ किलोवाट आवरको ब्याट्री प्याक छ ।

४५ किलोवाट आवरको ब्याट्री प्याक भएको भेरियन्टले ४३० किमी रेन्ज दिन्छ । टर्क २१५ एनएम छ ।

५५ किलोवाट आवर ब्याट्री प्याक भएको भेरियन्टले ५०२ किमी रेन्ज दिन्छ ।

मोटर पावर १२३ किलोवाट आवर छ । ग्राउण्ड क्लियरेन्स १८६ एमएम छ ।

यसको मूल्य ५९ लाख ९९ हजार रूपैयाँ पर्ने जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *