महाकुम्भ आउने–जाने क्रममा ३ दुर्घटना

महाकुम्भसँग सम्बन्धित तीन दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । यी मध्ये दुई दुर्घटना उत्तर प्रदेशमा र एउटा बिहारमा भएको हो ।

दुई दुर्घटनामा मानिसहरू महाकुम्भमा स्नान गरेर फर्किरहेका थिए ।

एउटामा भने एक परिवार स्नान गर्न गइरहेको थियो ।

महाकुम्भ मेलाबाट बिहारको भोजपुर फर्किरहेको कार ट्रकको पछाडि ठोक्किएको छ ।

यसमा ६ जनाको मृत्यु भयो । यीमध्ये चार जना एउटै परिवारका थिए ।

वाराणसीको प्रयागराज राजमार्गमा भक्तजनहरू बोकेको कार पार्क गरिएको ट्रकसँग ठोक्किएको थियो ।

यो कारका मानिसहरू महाकुम्भमा स्नान गर्न जाँदै थिए ।

उत्तर प्रदेशको गाजीपुरमा भने महाकुम्भबाट फर्किरहेको कार वाराणसी–गोरखपुर राजमार्गमा पार्क गरिएको ट्रलीसँग ठोक्कियो । यसमा ४ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *