नवलपुरको दलदलेमा बस दुर्घटना

नवलपुरको देवचुली ११ दलदलेमा गएराति सावा २ बजेतिर बुटवलबाट काठमाडौं हिडेको बस दुर्घटनामा परेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बस दुर्घटना हुँदा बसमा सवार २१ जनामध्ये ११ जना घाइते भएका छन् ।

घाइते ११ जनामध्ये ६ जनाको देव अस्पताल भरतपुरमा र ५ जनाको देवचुली अस्पताल दलदलेमा उपचार भइरहेको छ ।

भरतपुर उपचारका लागि पठाइएका छ जनाको अवस्था मध्यम रहेको र बाँकी ५ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दलदले क्षेत्रमा सडक विस्तारको क्रममा सडकको दायाँबायाँ खाडल रहेको र उक्त खाडलमा बस पल्टिएको स्थानीयले जनाएका छन् ।

दुर्घटनामा परी  रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका ५ बस्ने वर्ष ४० का सुजन कार्की, काठमाडाैंको पुतलीसडक बस्ने वर्ष ३५ का रोमराज लामिछाने, वर्ष ३२ की विजया लामिछाने, वर्ष ३५ का निदान लामिछाने, वर्ष २८ की प्रज्ञा लामिछाने, रामेछाप निवासी वर्ष ३३ की स्वस्तिका दाहाल, पाल्पा जिल्ला निवासी वर्ष ३४ का भोज बहादुर जर्धा, अर्घाखाँची निवासी वर्ष ३२ का बिशाल भुषाल, वर्ष २९ का आसिस बिक, रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ४ बस्ने वर्ष ३२ का अवि थापा र बाग्लुङ जिल्ला निवासी वर्ष ५० की कौसिला थापा घाइते भएका छन् ।

बस चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *