७ महिनामा झन्डै १५ अर्बको ईभी आयात

नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा करिब १५ अर्ब रुपैयाँ बराबर विद्युतीय सवारीसाधन (ईभी) आयात गरेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार माघ मसान्तसम्म नेपालले १४ अर्ब ७५ करोड ३ लाख ९७ हजार रुपैयाँ बराबरको ६ हजार २ सय ५६ युनिट ईभी आयात गरेको हो ।

नेपालले ईभी आयात गरेको ९ अर्ब ८ करोड ४२ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपालले चीन, भारत, दक्षिण कोरिया, जर्मनी र अमेरिकाबाट ईभी आयात गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *