बोलिभियामा बस दुर्घटना

बोलिभियामा एउटा बस दुर्घटना हुँदा ३० जना मानिसको मृत्यु भएको छ ।

चालकले नियन्त्रण गुमाउँदा दक्षिण पश्चिमी जिल्ला योकल्लामा ८०० मिटर तल बस खसेको स्थानीय प्रहरीले बताएका छन् ।

यस घटनामा १४ जना घाइते भएको बताइएको छ ।

घाइते हुनेमा चार जना बालबालिका पनि भएको स्थानीय अस्पतालका एक अधिकारीले भनेका थिए ।

घाइतेमध्ये कयौँको अवस्था गम्भीर रहेको बताइएको छ ।

दुर्घटना पोतोसी र ओरुरो सहरको बिचमा भएको हो । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अधिकारीहरूको भनाइ छ ।

यो दक्षिण बोलिभियामा यो वर्षको अहिलेसम्मकै गम्भीर सडक दुर्घटना भएको बताइएको छ ।

बोलिभियामा सडक दुर्घटना आम घटना हुन् । गएको महिना पोतोसी नजिक भएको अर्को सडक दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *