बाढी प्रभावित सडक पुनर्निर्माणको बाटो खुल्यो

अर्थ मन्त्रालयले गत असोजको बाढीपहिरोले क्षति पुर्‍याएका सडक पूर्वाधार पुनर्निर्माणका लागि स्रोत सहमति प्रदान गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निर्णयअनुसार चालु आर्थिक वर्षमा १ अर्ब ८८ करोड निकासा गरिनेछ।

सडक विभागले १८ अर्ब ८८ करोडको अनुमानित बजेटसहित १० राजमार्ग, १३ पुल र ३ वैकल्पिक सडकको पुनर्निर्माण योजना अघि बढाएको छ।

बीपी राजमार्गका लागि ८ अर्ब ५० करोड माग गरिएको छ, जसमा १२ किमि सडक बाढीले क्षतिग्रस्त बनाएको छ।

ठेक्का प्रक्रिया छिटो अघि बढाउने तयारी भइरहेको छ भने जापानको जाइका सहयोगी भूमिका निभाउने सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *