Skip to content
अर्थ मन्त्रालयले गत असोजको बाढीपहिरोले क्षति पुर्याएका सडक पूर्वाधार पुनर्निर्माणका लागि स्रोत सहमति प्रदान गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निर्णयअनुसार चालु आर्थिक वर्षमा १ अर्ब ८८ करोड निकासा गरिनेछ।
सडक विभागले १८ अर्ब ८८ करोडको अनुमानित बजेटसहित १० राजमार्ग, १३ पुल र ३ वैकल्पिक सडकको पुनर्निर्माण योजना अघि बढाएको छ।
बीपी राजमार्गका लागि ८ अर्ब ५० करोड माग गरिएको छ, जसमा १२ किमि सडक बाढीले क्षतिग्रस्त बनाएको छ।
ठेक्का प्रक्रिया छिटो अघि बढाउने तयारी भइरहेको छ भने जापानको जाइका सहयोगी भूमिका निभाउने सम्भावना छ।
Post Views: 247