विश्वकै अगुवा नयाँ ऊर्जा सवारी निर्माता BYD ले DiPilot Advanced Intelligent Driving Assistance System (DiPilot प्रणाली) सार्वजनिक गरेको छ।
यो अत्याधुनिक प्रविधिले सवारी चलाउने तरिका सरल, सुरक्षित र सुविधाजनक बनाउनेछ।
BYD ले DiPilot 600, DiPilot 300, र DiPilot 100 गरी तीन प्रकारका संस्करण ल्याएको छ।
यी प्रविधिहरू अब कम्पनीका सबै सवारीमा निःशुल्क उपलब्ध हुनेछन्।
सबैभन्दा सस्तो मोडल Seagull जसको मूल्य $9,555 मात्र छ, त्यसमा समेत यो प्रविधि रहनेछ।
CEO वाङ छुआनफु ले भने, “राम्रो प्रविधि सबैका लागि हुनुपर्छ।”
DiPilot प्रणालीका विशेषताहरू
१. DiPilot 600 – तीनवटा LiDAR सेन्सर प्रयोग गरिने, मुख्यतः YANGWANG मोडेलका लागि। २. DiPilot 300 – एउटा LiDAR सेन्सर समावेश, मुख्यतः DENZA र केही BYD मोडेलमा। ३. DiPilot 100 – तीनवटा क्यामेरा प्रयोग गरिने, सबै BYD मोडेलमा।
DiPilot 100 ले अगाडि हेर्ने tri-camera 5R12V सेन्सर र end-to-end नियन्त्रण प्रविधि समावेश गरेको छ।
यसको मुख्य सुविधाहरू:
हाईवे तथा सहरका बाटोहरूमा – स्वचालित लेन परिवर्तन, अवरोध पार गर्ने, क्रुजिङ, तथा सुरक्षित तरिकाले गाडी चलाउने।
स्वचालित पार्किङ (AVP) – गाडी छोडेपछि आफैं पार्क हुने तथा प्रयोगकर्ताका बानीअनुसार पार्किङ गर्ने।
स्मृति-आधारित नेभिगेसन (MNOA) – कार्यालय वा अन्य दैनिक यात्रामा ट्राफिक बत्ती व्यवस्थापन, जटिल मोड पार गर्ने, र सुरक्षित तरिकाले लेन परिवर्तन गर्ने।
सुरक्षाका हिसाबले:
१,००० किलोमिटर सम्म बिना हस्तक्षेप यात्रा गर्न सक्ने।
आकस्मिक ब्रेकिङ प्रणाली (AEB) – १०० किमी/घण्टा सम्म सुरक्षित रोकिने, पछि १२० किमी/घण्टा र १४० किमी/घण्टा सम्म विस्तार गर्ने योजना।
स्वचालित पार्किङ (AVP) – ९९% सफलता दर।
BYD ले ५,००० भन्दा बढी इन्जिनियरहरू र ४४ लाखभन्दा बढी स्मार्ट गाडीहरूको डेटाबेस प्रयोग गरेर सवारी उद्योगमा नयाँ क्रान्ति ल्याउने लक्ष्य राखेको छ।
“प्रविधि सबैका लागि” भन्ने सिद्धान्त अनुसार, BYD ले सुरक्षित, वातावरणमैत्री, र सुलभ सवारी समाधानहरू विश्वभर पुर्याउँदैछ।