निगरानीमा स्कुल बस

गत २७ माघमा काठमाडौंको दक्षिणकाली नगरपालिका–४ मा विद्यार्थी बोकेको जुनकिरी स्कुलको बस दुर्घटना हुँदा दुई जनाको ज्यान गयो । एक विद्यार्थी थिए भने अर्का बसका चालक ।

तीन दिनपछि नै ३० माघमा काठमाडौंको शंखरापुरमा चाबहिलस्थित मैजुबहालमा रहेको सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा पर्‍यो ।

पिकनिक गएर फर्किंदै गरेका विद्यार्थी बोकेको बस दुर्घटनामा पर्दा चार विद्यार्थीले ज्यान गुमाए ।

थुप्रै घाइते भए । केही घाइतेको अहिले पनि उपचार चलिरहेको छ ।

४ फागुनमा बाजुराको बुढिगङ्गा नगरपालिकाको भानुदय विद्यालयको बस कर्णाली राजमार्गमा दुर्घटनामा पर्‍यो ।

विद्यार्थीको टोली पोखरा भ्रमणमा हिंडेको थियो । कोही हताहत नभए पनि केही घाइते भए ।

पछिल्ला केही दिनयता विद्यार्थी बोकेका बस लगातारजसो दुर्घटना भइरहेका छन् । त्यसैले ट्राफिक प्रहरीले निगरानी बढाएको छ ।

चिन्ताको कुरा, यस्ता चेकिङमा बस चालकहरूले मादक पदार्थ सेवन गर्ने गरेको भेटिएको छ ।

सुन्दर भविष्यको सपना बोकेका कलिला बालबालिकालाई सुरक्षित रूपमा विद्यालयसम्म पुर्‍याउने जिम्मेवारी निभाउनुपर्ने चालकहरू नै मदिराको तलमा रहेको भेटिनुले विद्यार्थीको सुरक्षामा गम्भीर चिन्ता बढाएको छ ।

‘विशेष जाँच गरिरहेका छौं । विद्यालयको बसलाई फोकस गरेका छौं,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सञ्जयबहादुर राउतले भने ।

ट्राफिक चेकिङका क्रममा विद्यालयको बस चालकहरूले माधक पदार्थको सेवन गर्ने गरेको भेटिएको छ ।

‘हिजो मात्र विद्यालय बसका तीनजना चालकले मापसे गरेको भेटियो । चालकहरूको लापरबाही देखिन्छ,’ प्रवक्ता राउतले भने ।

पिकनिक र भ्रमणमा निस्कँदा शिक्षकहरूले विशेष ध्यान दिनुपर्ने बताउँछन् प्रवक्ता राउत । ‘रमाइलोमा भुलिँदा चालकहरूले कतै गएर मापसे गर्न सक्छन् ।

शिक्षकहरूले विशेष ध्यान दिनुपर्ने हो,’ उनले भने, ‘बालबालिका बोक्ने बसको चालक राख्दा विद्यालयले सबै अध्ययन गर्नुपर्छ ।’

‘विशेष जाँच गरिरहेका छौं । विद्यालयको बसलाई फोकस गरेका छौं,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सञ्जयबहादुर राउतले भने ।

ट्राफिक चेकिङका क्रममा विद्यालयको बस चालकहरूले माधक पदार्थको सेवन गर्ने गरेको भेटिएको छ ।

‘हिजो मात्र विद्यालय बसका तीनजना चालकले मापसे गरेको भेटियो । चालकहरूको लापरबाही देखिन्छ,’ प्रवक्ता राउतले भने ।

पिकनिक र भ्रमणमा निस्कँदा शिक्षकहरूले विशेष ध्यान दिनुपर्ने बताउँछन् प्रवक्ता राउत । ‘रमाइलोमा भुलिँदा चालकहरूले कतै गएर मापसे गर्न सक्छन् ।

शिक्षकहरूले विशेष ध्यान दिनुपर्ने हो,’ उनले भने, ‘बालबालिका बोक्ने बसको चालक राख्दा विद्यालयले सबै अध्ययन गर्नुपर्छ ।’

दिन प्रतिदिन स्कुल बस दुर्घटना हुन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशिका कार्यान्वयन गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ ।

‘विद्यार्थी ओसारपसार गर्ने सवारीसाधन पहिचानको मापदण्ड तथा भौतिक मापदण्ड पालना गर्नुपर्ने व्यवस्था छ ।

विद्यालय बस सञ्चालनका लागि तोकिएका मादण्ड पालना गर्ने गराउने, अनुगमन गर्ने र दुर्घटनाका सम्बन्धमा सत्यतथ्य पत्ता लगाई दोषीउपर हदैसम्मको कारबाहीका लागि पहल गर्ने सम्बन्धमा सम्बन्धित मन्त्रालय, ट्राफिक प्रहरी र स्थानीय प्रशासनसमक्ष हार्दिक अनुरोध छ,’ शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

निजी विद्यालयहरू भने विद्यालय र चालकको दोष नभई बाटोका कारण दुर्घटना हुने गरेको बताउँछन् । ‘दुर्घटना गर्छु भनेर चालकले चलाएको हुँदैन ।

एजुकेसन टूर टाढा–टाढा लैजानुपर्छ । बाटोको अवस्था कस्तो छ ? यसमा सडक विभाग पनि दोषी छ,’ प्याब्सनकी उपाध्यक्ष दीपिका रिमालले भनिन्, ‘मन्त्रालयले धम्कीसहितको विज्ञप्ति निकाल्यो । धम्की भन्दा पनि बोलाएर छलफल गर्नुपर्ने हो ।’

सरकारले बाटोको अनुगमन गर्नुपर्ने तर्क उनको छ । ‘मापदण्ड कार्यान्वयन गर्न हामी तयार छौं । प्रिन्ट गरेर मापदण्ड विद्यालय विद्यालयमा पुर्‍याउँछौं । तर, सरकारले पनि बाटोको अनुगमन गर्नुपर्‍यो,’ उनले भनिन् ।

सरकारले दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायसँग छलफल गर्ने तयारी गरेको छ ।

‘प्याब्सन, एनप्याब्सन, अभिभावक, विद्यार्थी सबै स्टेक होल्डरलाई बोलाएर छलफल गर्छौैैैैं,’ ट्राफिक प्रहरी प्रवक्ता राउतले भने ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पनि सबै निकायसँग छलफल गर्ने भएको छ ।

शिक्षा मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बसको नियमन गर्न भनिरहेको छ । ‘स्कुल बस दुर्घटना बढेपछि यातायात मन्त्रीसँग नियमनको लागि भनेका छौं ।

सबै स्टेक होल्डरलाई बोलाएर मापदण्ड पालनामा सहजीकरण गछौं,’ शिक्षामन्त्री विद्या भट्टराईले भनिन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *