तिर्थालुको गाडी दुर्घटना

रुपन्देहीको देवदहबाट भारतको कुम्भमेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीय दिपा खनाल र ४० वर्षिया गीता शर्मा रहेका छन् ।

कुम्भमेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा परी सवारी चालकसहित पाँच जना घाइते भएका छन् ।

देवदह नगरपालिकाका  प्रवक्ता गणेश डुम्रेले ३ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको रातोपाटीलाई बताए ।

उनले  भने, ‘पूर्व वडाध्यक्ष पनि अर्को गाडीमा जानुभएको रहेछ ।

उहाँका अनुसार दुर्घटनामा मृत्यु भएकाहरुका बारेमा थाहा पाएको हौँ ।  अन्य कुरा बुझ्ने काम हुँदैछ ।’

दुर्घटनामा घाइते हुनेहरूमा देवदह–९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् ।

जिल्ला  प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले  ३ जनाको मृत्यु भएको भारतीय  प्रहरीले पुष्टि गरेको जानकारी दिए ।

घटनाको विस्तृत विवरण बुझ्ने काम भइरहेको उनले रातोपाटीलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *