Skip to content
क्यानाडाको टोरन्टो सहरमा विमान अवतरणका क्रममा पल्टिदा कम्तिमा ३ जना घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार घाइतेको अवस्था गम्भीर रहेको छ ।
विमानमा रहेका ८० जनाको उद्धार गरिएको छ ।
विमान पल्टिएपछि अग्नि नियन्त्रकद्वारा आगो निभाइएको जनाइएको छ ।
क्यानेडियन यातायातमन्त्री अनीता आनन्दले विमानमा रहेका अधिकांश यात्रु सुरक्षित रहेको बताएकी छिन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
Post Views: 304