एलएस अटोको टेस्ट ड्राइभ क्याम्प चितवनमा

विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस संघाई लन्च अटोमोटिभ टेक्नोलोजी अन्तर्गतको एलएस अटो एक नयाँ न्यू-इनर्जी भेहिकल कम्पनी हो।

विगत २५ वर्षदेखि विभिन्न ब्रान्डका अटोमोबाइलको डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा ट्रायल प्रोडक्सन जस्ता सम्पूर्ण काम गर्दै आएको छ।

कम्पनीले आफ्नै अटोमोबाइल ब्रान्डको इभी तयार गरेको हो।

संघाई लन्च अटोमोटिभ चीनमा अटोमोबाइल मात्र होइन, हाई-स्पीड रेलवेहेलिकप्टर डिजाइन सम्ममा संलग्न रहेको छ।

यो कम्पनीको जियाङसी प्रोभिन्समा वार्षिक १ लाख ५० हजार युनिट उत्पादन क्षमता भएको आफ्नै फ्याक्ट्री रहेको छ।

कम्पनीले युरोपियन बजार लक्षित गर्दै टर्कीमा समेत उत्पादन प्लान्ट स्थापना गर्दैछ। कम्पनीले अहिलेसम्म नेपाल, मोरिसस, टर्की, इजिप्ट, नाइजेरिया, कजाकिस्तान सहित ११ देशमा आफ्नो उपस्थिति जनाइसकेको छ।

एलईभी सिरिज

कम्पनीले पहिलो मोडलको रूपमा एलईभी ०१ क्रसओभर इलेक्ट्रिक एसयूभी ल्याएको छ। एलएस अटोले सन् २०२५ मा एलईभी ०३ र एलईभी ०५ लन्च गर्दैछ।

यी कारहरू एलएचएस (लेफ्ट-ह्यान्ड ड्राइभ) र आरएचएस (राइट-ह्यान्ड ड्राइभ) दुबै अप्सनमा आउने भएकाले नेपालमा छिट्टै भित्रनेछन्।

  • एलईभी ०३ – प्रिमियम क्रसओभर इलेक्ट्रिक एसयूभी

  • एलईभी ०५ – मिड-साइज कम्प्याक्ट एसयूभी

एलएस अटोले बनाएको पहिलो मोडल एलईभी ०१ नेपाल भित्रिसकेको छ। नेपालको लागि नेक्सन भेन्चर आधिकारिक वितरक नियुक्त भएसँगै एलईभी ०१ नेपाल भित्रिएको हो।

स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा उपलब्ध एलईभी ०१ मा ६७.१ किलोवाट-आवरको ब्याट्री प्याक रहेको छ।

यस इभीमा ९९ किलोवाटको फ्रन्ट-व्हील ड्राइभ मोटर रहेको छ, जसले ३२० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ।

नेपालमै सुहाउँदो ग्राउन्ड क्लियरेन्स

एलईभी ०१ मा २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ। पूरा इलेक्ट्रिक प्लेटफर्ममा बनेको एलईभी एक्स मा ब्याट्री प्याक बडीभन्दा माथि राखिएको छ, जसले ग्राउन्ड क्लियरेन्सलाई २२१ एमएम पुर्‍याउँछ।

एसभोल्टको हनीकम्ब आर्किटेक्चर मा डिजाइन भएको यसको ब्याट्री प्याक अन्य इभीहरूमा जस्तो ह्याङ्गिङ देखिँदैन

एसभोल्टको एनसीएम ब्याट्री अन्य ब्लेड ब्याट्रीभन्दा ८% बढी दक्ष रहेको छ।

चीनको लिडिङ डिजाइन हाउस एलएस अटोले बनाएको यो एसयूभी अत्यन्तै एरोडाइनामिक छ।

यसको ड्र्याग कोएफिसियन्ट ०.२६८ मात्र रहेको छ, जुन इलेक्ट्रीक एसयूभीहरूमध्ये सबैभन्दा कम हो। फुल चार्जमा ५००+ किलोमिटर रेन्ज दिन सक्छ।

फिचरहरू:

  • एक्सटेरियर – होरिजोन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप, रियरमा सस्पेन्डेड टेललाइट

  • इन्टेरियरलेदर स्टेरिङ ह्वील, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बियन्स लाइट, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट, लक्जरी क्याबिन स्पेस

  • टेक्नोलोजीहाई-टेक ड्यासबोर्ड इन्टरफेस, एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, प्यानोरामिक सनरूफ, इलेक्ट्रिक टेलगेट, मल्टी-ड्राइभ मोड

  • सुरक्षा१० वटा एयरब्याग, ईबीडी, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, क्रूज कन्ट्रोल, अटो होल्ड, हिल-असिस्ट कन्ट्रोल

नेपालमा टेस्ट ड्राइभ क्याम्प

एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चर प्रालिले चितवनको CGR Resort बाट टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सञ्चालन गर्ने भएको छ।

फागुन ९ र १० गते क्याम्प सञ्चालन हुनेछ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *