Skip to content
नेपालका लोकप्रिय गायक रामकृष्ण ढकालले विगत ६ महिना देखी बिवाइडी कम्पनीको अटो ३ मोडलको इभी चढीरहनु भएको छ ।
१४ वर्षकै कलिलो उमेर देखी चर्चित हुनुभएका गायक रामकृष्ण ढकालले अहिलेसम्म आधा दर्जन ग्यासोलिन गाडी चढी सक्नु भएको छ ।
अहिले भने उहाँ समय सापेक्ष हिसावले इभी चढ्न थाल्नु भएको छ । उहाँलाई यो गाडीको ६ महिनाको सेवा निकै मन परेको छ ।
उहाँलाई कुनै गुनासो छैन । उहाँ भन्नु हुन्छ “ बिवाइडी अहिले सबैभन्दा बढी बिकेको ब्राण्ड हो ।
यसको उत्पादनमा राम्रो रिसर्च भएको छ । जसले गर्दा यसको गुणस्तर र यसमा भएका बिशेषता निकै राम्रा छन् ।
मैले यो गाडी बिशेषगरी उपत्यकामा चलाएको छु । उपत्यकाको लागी यो गाडीको साइज, हाइट, ग्राउन्ड क्लियरेन्स सबै पर्याप्त छ ।
चलाउँदा एकदमै आरामदायी कारको अनुभव हुन्छ ।
अहिले इभीमा सरकारले बिशेष खालको कर छुट दिएको कारणले गाडी महंगो छैन ।
यदी यो गाडीमा पनि ग्यासोलिन गाडीमा जस्तै यदी महंगो कर भएको भए यो पनि निकै महंगो कार हुन्थ्यो ।
अब भनेको इभीको समय हो ।”
रामकृष्ण ढकाल सदावहार र सरल स्वभाव भएका आदरणिय गायक हुनुहुन्छ ।
उहाँका पुराना गीतदेखी नयाँ गीत पनि दर्शकका लागी निकै कर्णप्रिय छन् ,
उहाँलाई पुरानो पुस्ता देखी अहिलेको पुस्तासम्म सबैले रुचाउछन् ।
उहाँ अहिलेको ग्लोबल वार्मिङ र वातावरणमा भएको प्रदुषको बारेमा निकै सचेत हुनुहुन्छ ।
यस सन्दर्भमा इभीको महत्वको बारेमा उहाँ भन्नु हुन्छ “अहिले विश्वमा नैं ग्लोबल वार्मिङको ठूलो प्रभाव परेको छ ।
त्यही भएर नेपालमा पनि मंसिर देखी अहिले फागुनको दोश्रो हप्तासम्म पनि पानी परेको छैन ।
नेपालको विश्वकै पर्यटकलाई आर्कषण गर्ने हिमालय पर्वत श्रृङखला कतिपय स्थानमा काला पथ्थर भएको छ ।
नेपालभर अहिले प्रदुषण बढेको छ, शहरभर कार्वन फैलिएको छ ।
तर इभीको प्रयोगले केही कार्बन उत्सर्जन हुनमा रोकेको छ ।
हामीले यदी बिस्तारै सबै खालका सवारी साधन इभी बनाउने हो भने हामी छोटो समयमा धेरै शहरलाई प्रदुषण मुक्त बनाउन सक्छौ ।
बातावरणमा भएको कार्वनले सबैको स्वास्थ्यमा प्रतिकुल प्रभाव पारेको छ । त्यसैले अब हामीले विस्तारै इभीको प्रयोगलाई बढाउनु पर्छ ।
देशभरी यसका सर्भिस सेन्टर र चार्जिङ स्टेसन पनि बनिरहेका छन् ।”
गायन मार्फत देशको कला सँस्कृति जोगाउनको लागी कर्म गरिरहनु भएका गायक रामकृष्ण ढकाल वातावरण संरक्षणमा पनि निकै सचेत देखिनुहुन्छ ।
उहाँले भने जस्तै अहिले नेपालमा उत्पादन भएको पर्याप्त विद्युतको उपभोगको लागी पनि हामीले इभीको प्रयोग गर्नुपर्छ ।
जसले नेपालको व्यापारघाटालाई कम गर्न सघाउँछ ।
Post Views: 909