बजाजको पल्सर एन २५० मोडल लन्च

नेपालकै सबैभन्दा ठूलो बाइक उत्सव स्पिड फेस्ट २०२५ शनिबार एलिस रिसेप्सन, बालुवाटारमा भव्य रूपमा सम्पन्न भएको छ ।

मोटरसाइकल प्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको सो इभेन्टमा ७० भन्दा बढी सुपरबाइक प्रदर्शनी, ग्रान्ड बाइक -याली, टेस्ट राइड सेसन, नेपालका चर्चित ब्याण्डहरू द एलिमेन्टस् र रकहेड्सको प्रत्यक्ष सांगीतिक प्रस्तुति लगायत विभिन्न रोमाञ्चक कार्यक्रमहरू समावेश थिए ।

उक्त फेस्टमा बजाजको पल्सर एन २५० मोडल लन्च गरिएको थियो, जसले इभेन्टमा थप आकर्षण थपेको थियो ।

त्यसैगरी यस वर्षको स्पिड फेस्टमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिद्वारा वितरित बजाज, केटीएम ड्युक र ट्रायम्फ ब्रान्डका मोटरसाइकलहरूको विशेष सहभागिता रहेको थियो ।

बजाज एन २५०ः शक्ति, प्रदर्शन र नवीनताको प्रतीक
बजाज पल्सर एन २५० को भव्य लन्च स्पिड फेस्ट २०२५ को प्रमुख आकर्षण बन्न सफल रहेको थियो ।

यो मोटरसाइकलमा पावर, आधुनिक प्रविधि र परिष्कृत डिजाइनको उत्कृष्ट संयोजन रहेको छ ।

बजाज एन २५० मा २४.५ पीएस पावर दिने २४९ सीसी सिंगल–सिलिन्डर, फ्युल–इन्जेक्टेड, आयल–कुल्ड इन्जिन समावेश गरिएको छ ।

यसमा ड्युअल च्यानल एबीएस, सुधारिएको चेसिस, एलईडी हेडलाइट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र अपग्रेडेड एक्जस्ट सिस्टम रहेको छ, जसले बाइकलाई थप स्टाइलिस र सुरक्षित बनाउँछ ।

बजाज एन २५० को लन्चले बाइकप्रेमीहरूलाई नयाँ प्रविधि र डिजाइनका मोटरसाइकल अनुभव गर्ने अवसर पनि प्रदान गरेको थियो ।

नयाँ भर्सनको पल्सर एन २५० को मूल्य ४ लाख ९८ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

यो भन्दा पहिले देखि उपलब्ध मोडलको मूल्य भने ४ लाख ५७ हजार ९ सय रुपैयाँ छ ।

स्पिड फेस्ट २०२५ ले मोटरसाइकल संस्कृति प्रवद्र्धन गर्न सफल भएको आयोजकहरूले बताएका छन् ।

हंसराज हुलासचन्द एण्ड कम्पनीले भविष्यमा पनि यसरी नै नेपाली बाइकप्रेमीहरूका लागि नवीनतम प्रविधि र रोमाञ्चक इभेन्टहरू ल्याउने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *