अनिलले (कमेडी) फिल्म “कुस्ती” बनाउने

अनिल योञ्जन नेपाली चलचित्र उद्योगमा दशकभन्दा बढी समयदेखि क्रियाशील निर्माता, निर्देशक, पटकथा लेखक तथा फिल्म अध्ययनका विद्यार्थीहरूका लागि गुरु (मेन्टोर) पनि हुन्।

उनी नेपाल फिल्म एकेडेमीका संस्थापक तथा अध्यक्ष पनि हुन्, जहाँ नयाँ पुस्ताका फिल्मकर्मीहरूलाई शिक्षा र बाटो देखाउने काम गरिरहेको छन्।

उनले डायरी (२०१६) र आवरण (२०१४) निर्देशन तथा निर्माणकाे (निर्माताको रुपमा) काम गरिसकेका छन्।

उनले अमेरिकाबाट फिल्म-निर्माणमा अध्ययन पनि गरेर आएको छन्।

अनिलले नयाँ फिल्म “कुस्ती” बनाउने भएका छन् । याे फिल्म एक पारिवारिक हाँस्य (कमेडी) फिल्म हुनेछ। यो एउटा सम्बन्धमा रहेको जोडीको प्रेम कथामा आधारित रहने छ।

एक अर्कालाई धेरै माया गर्ने तर आ-आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाईको सामना गर्ने रमाइलो विषयबस्तुको कहानी हो “कुस्ती”। पछिल्लाे समय हर घरमा, स्वदेशमा तथा बिदेशमा पनि यस्तै समस्या रहि आएकाे छ ।

फिल्ममा धीरज मगर र मिरुना मगरकाे मुख्य भूमिकामा छन्। साथै बुद्धि तामाङ र अन्य नेपाली फिल्म उद्योगका अनुभवी कलाकारहरू पनि छन्।

बुद्धि तामाङले यस फिल्म मार्फत पहिलो पटक निर्माताको रूपमा पनि जिम्मेवारी सम्हाल्दै छन्।

“कुस्ती” एक पारिवारिक मनोरञ्जनात्मक फिल्म हो। जसमा हास्य, नाटक र भावनात्मक पक्षलाई राम्रोसँग मिसाइएको छ।

यो नेपाली समाजमा हुने रमाइला झगडा, माया, अनि चुनौतीहरूको कथावस्तुमा छ।

उनले नेपाली दर्शकको रोजाइलाई ध्यानमा राखेर चलचित्र निर्माण गरिने बताएका छन्। जसले सबै पुस्ताका दर्शकलाई जोड्नेछ र भरपुर मनाेरञ्जन प्रदान गर्नेछ ।

मनाेरञ्जनकै आधारमा नयाँ युवा-युवतीको मनाेभाव खाेतल्ने र परिवर्तनको प्रयास गरिनेछ ।

यस फिल्मबाट परिवारमा हुने झगडालाई पनि केही कम गर्ने प्रयास गरिनेछ ।

फिल्म कुस्तीको छायांकन चाँडै सुरु हुँदैछ। मुख्य छायांकन स्थान नेपाल र गीत सिक्किममा हुनेछ। विशेष गरी हनिमुन गीत सिक्किममा खिचिनेछ।

जसले फिल्मलाई नयाँ भिज्वोल आकर्षण दिनेछ भने काठमाडौंको सुन्दर स्थानहरू पनि फिल्ममा समावेश गरिनेछ।

याे “कुस्ती” टिमले नेपाली फिल्मको विकासलाई महत्व दिने फिल्मकर्मीहरुलाई प्राथमिकतामा राख्दछ। “कुस्ती” हाँस्य-कमेडीमा निर्माण हुने भएपनि यसमा एउटा गहिरो सन्देश समावेश छ।

म सबै नेपाली दर्शकलाई आग्रह गर्न चाहन्छु कि कृपया चलचित्र हलमा गएर कुस्ती हेर्दिनु होला, नेपाली फिल्मलाई माया गरिदिनु होला र हाम्रो चलचित्र उद्योगलाई थप उचाइमा पुर्‍याउन साथ दिनु होला।

तपाईंहरूको माया र समर्थनले हामीलाई अझ उत्कृष्ट फिल्म बनाउन प्रेरित गर्नेछ – अनिल याेञ्जन !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *