धराशायी भयो होन्डा र निशानको मर्जर वार्ता

जापानी कार निर्माता कम्पनीहरू होन्डा र निशानले मर्जर सम्झौताबारे छलफल गरिरहेका थिए ।

तर यो वार्ता निष्कर्षमा नपुगी टुङ्गिएको होन्डा र निशानले बताएका छन् ।

वार्ता टुङ्गिएको होन्डा र निशानले बताएका हुन् ।

मर्जर वार्ता असफल भए पनि विद्युतीय सवारी साधन निर्माणमा साझेदारीलाई भने निरन्तरता दिने बताइएको छ ।

कनिष्ठ साझेदार मिसुबिसीसँग मिलेर दुबै कम्पनीले आ–आफ्नो व्यवसायलाई विशेषगरी चीनबाट आइरहेको चर्को प्रतिस्पर्धासँग लड्न सक्ने बनाउन खोजेका छन् ।

अगाडि बढ्दै गर्दा तीन ओटै कम्पनीले बौद्धिकता र विद्युतीय सवारी साधनको युगलाई लक्षित गरेर तयार पारिएको रणनीतिक साझेदारीको ढाँचामा एक–अर्कासँग सहकार्य गर्ने बिहीबार जारी भएको संयुक्त विज्ञप्तिमा बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *