टेन्डर प्रक्रियाबाट आशिष–समानान्तर–रेलिगेर जेभीसँग २०७८ फागुनमा ठेक्का सम्झौता भएको थियो। सम्झौता गर्ने बेलामा फ्लाइओभर आयोजना प्रमुखमा निर्देशक प्रभातकुमार झा थिए। तर, पछि उक्त आयोजना प्रमुखबाट झा हटे।
त्यसपछि कैलाशकुमार श्रेष्ठ, नवीनमान श्रेष्ठ, अजय मूल, नरेशमान शाक्य उक्त आयोजनाको प्रमुख बने। तर आश्चर्यजनक कुरा त के छ भने अहिले फेरि उनै झा आयोजना प्रमुख छन्।