रोयल इनफिल्ड महा राइड

रोयल इनफिल्ड प्रेमीहरूको लागि एउटा विशेष उत्सवको रूपमा, हालै रोयल इनफिल्ड महा राइड सम्पन्न गरिएको छ।

यो ऐतिहासिक राइड जनकपुरस्थित रोयल इनफिल्ड शोरुमबाट सुरु भई सिन्धुलीसम्म पुर्‍याइयो।

यस राइडको मुख्य उद्देश्य सडक सुरक्षा, आन्तरिक पर्यटन प्रवद्र्धन, अनुशासित राइड, भातृत्व विकास र रोयल इनफिल्ड समुदायलाई सुदृढ बनाउने रहेको थियो।

जनकपुरबाट सुरु भएको यो यात्रा बर्दिबासमा छोटो विश्राम गर्दै थप राइडरहरूलाई समेट्ने गरी योजनाबद्ध गरिएको थियो।

बर्दिबासस्थित रोयल इनफिल्ड शोरुममा थप १० जना राइडरहरू सहभागी भएपछि राइड अझ भव्य एवं विशाल हुन पुग्यो। थप राइडरहरू सहभागी भएपछि राइड संख्या ६१ पुगेको थियो।

कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि मधेश प्रदेश यातायात मन्त्रालयका सचिव श्री रञ्जित यादवले गरेका थिए।

साथै, कार्यक्रमको झण्डोत्तोलन अल्फा अटोमोटिभका निर्देशक मेघराज पैडेल, नेशनल कार्ट हेड दिपेश श्रेष्ठ र नारायणी मोटर्सका निर्देशक अभिषेक गोयनका द्वारा गरिएको थियो।

सचिव श्री रञ्जित यादवले सडक सुरक्षाबारे महत्वपूर्ण विचारहरू प्रस्तुत गरेका थिए।

यातायात मन्त्रालयका सचिव श्री रञ्जित यादव लगायत अन्य अतिथिहरूले सुरक्षित राइडिङ संस्कृति र यस्तो कार्यक्रमले दिने सकारात्मक प्रभावबारे चर्चा गरेका थिए।

रोड क्याप्टेन बिमल श्रेष्ठको नेतृत्वमा सम्पूर्ण राइडरहरूले अनुशासित रूपमा यात्रालाई अगाडि बढाएका थिए।

ऐतिहासिक जनकपुरधामको जानकी मन्दिरमा परिक्रमा गरी, राइडरहरूले धार्मिक आस्थासँगै सांस्कृतिक सम्पदाको प्रवद्र्धन पनि गर्न चाहन्थे।

यस यात्राको मुख्य उद्देश्य निम्न सन्देश प्रवाह गर्नु रहेको थियोः

१. आन्तरिक पर्यटन प्रवद्र्धनः

  • “घुमौं मधेश, बुझौं मधेश” क्याम्पियनलाई सफल बनाउन सहयोग पुर्‍याउने।

  • नेपालका सुन्दर गन्तव्यहरू चिनाउने अवसर।

२. सडक सुरक्षा प्रवर्द्धनः

  • अनुशासित समूहिक राइडिङद्वारा उदाहरण प्रस्तुत गर्नु।

३. राइडर समुदाय बलियो बनाउने प्रयासः

  • समान रुचि भएका व्यक्तिहरूलाई एकीकृत गराउने र भातृत्व विकास।

रोयल इनफिल्ड महा राइडले नेपालका मोटरसाइकल प्रेमीहरूलाई एकसूत्रमा बाँध्दै, सुरक्षित र रोमाञ्चक यात्राको उदाहरण प्रस्तुत गरेको छ।

यस्तो कार्यक्रमहरूले देशका विभिन्न सुन्दर गन्तव्यहरूलाई पर्यटन केन्द्र बनाउने सम्भावना उजागर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *