मेक्सिकोमा बस र ट्रक ठोक्किँदा आगलागी

दक्षिण मेक्सिकोमा भएको बस दुर्घटनामा ४१ जनाको मृत्यु भएको छ ।

टाबास्को राज्यको सरकारले दिएको जानकारी अनुसार यो दुर्घटना शनिबार बिहान भएको हो ।

४८ जना सवार बस एक ट्रेलर ट्रकसँग ठोक्किएको थियो ।

दुर्घटनामा बसमा सवार ३८ जना यात्रुका साथै बसका दुई चालकको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

ट्रक चालकको दुर्घटनामा निधन भएको छ ।

रोयटर्सको तस्बिरमा दुर्घटनापछि बस पूर्णरुपमा जलेको देखिएको छ ।

ठक्करपछि बसमा आगलागी भएको थियो । मृत्यु भएकाहरूको सनाखतको प्रयास भइरहेको स्थानीय अधिकारीहरूको भनाई छ ।

बस सञ्चालक टुरस् आकोस्टाले बस कानकुनबाट टाबास्को गइरहेको बताएको छ ।

उसले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै यसको कारण पत्ता लगाउन अधिकारीहरूसँग सहकार्य गरिरहेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *