विमानस्थलहरूलाई ‘वर्ड डिटेक्शन’ क्यामरा जडान गर्न आदेश

दक्षिण कोरियामा सबै विमानस्थलले अब ‘वर्ड डिटेक्शन’ क्यामरा जडान गर्नुपर्ने छ ।

गएको वर्ष डिसेम्बरमा १७९ जनाको ज्यान जानेगरी भएको भयानक विमान दुर्घटनापछि देशभरका सबै विमानस्थलमा ‘वर्ड डिटेक्शन’ क्यामरा र थर्मल इमेजिङ रडान जडान अनिवार्य भएको छ ।

यो नियम २०२६ देखि लागू हुनेछ । उक्त घटनामा दुघर्टनामा परेको बोइङ ७३७–८०० विमानमा चराको प्वाँख र रगतको धब्बा भेटिएको अनुसन्धाताहरूले गएको हप्ता फेला पारेका थिए ।

दुघर्टनाबारे अनुसन्धान अहिले पनि जारी छ ।

अनुसन्धान चराको ठक्कर र धावनमार्गको सामुन्ने रहेको पक्की पर्खालमा केन्द्रित छ ।

आकस्मिक अवतरणको क्रममा विमान धावनमार्गबाट चिप्लिएर अगाडि रहेको पक्की पर्खालमा ठोक्किएको थियो ।

‘देशका सबै विमानस्थलमा अगाडि नै चरा देखियोस् र विमानहरूको प्रतिक्रिया क्षमतामा सुधार गर्न वर्ड डिटेक्शन क्यामरा जडान गर्नुपर्ने भूमि मन्त्रीले बिहीबार एउटा विज्ञप्तिमा भनेका छन् ।

यसले चराको आकार, उनीहरू उडिरहेको दिशा पत्ता लगाएर हवाई ट्राफिक नियन्त्रकलाई यसको जानकारी पठाइदिन्छ ।

हरेक विमानस्थलले कम्तीमा एउटा यस्तो उपकरण जडान गर्नु पर्ने मन्त्रालयले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *