बौद्धमा बसको ठक्करबाट महिलाको मृत्यु

महानगरपालिका–६ बौद्ध टुसालमा भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

बा.५ख ६६४० नम्बरको बसको ठक्करबाट पैदलयात्री सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–५ घर भई काठमाडौं बुढानीलकण्ठ नगरपालिका–१२ कपन बस्ने ७७ वर्षीया ताराकुमारी भट्टराईको बिहीबार दिउँसो मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको स्तूपा सामुदायिक अस्पताल चुच्चेपाटीमा उपचारको क्रममा मृत्यु भएको  प्रहरीले जनाएको छ।

बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *