टिपर दुर्घटनामा एकजनाको मृत्यु

पाल्पाको माथागढी गाउँपालिका–५, सर्कुवासमा आज भएको टिपर दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

रहवास–खैरेनी सडक खण्डमा चुनढुंगा लिएर रुपन्देहीको खैरेनीतर्फ जाँदै गरेको लु २ ख ५९६५ नम्बरको टिपर दुर्घटनामा रुपन्देही देवदह–२ का ३१ वर्षीय सुनील गुरुङको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसी सुनील मल्लका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *