चितवनको माडी जान चारपाङ्ग्रे सवारीलाई खुला

चारपाङ्ग्रे सवारीलाई चितवनको माडी जान २४सै घण्टा खुला गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज भएर पुग्नुपर्ने जिल्लाको माडी नगरपालिका जान अब चारपाङ्ग्रे सवारीलाई २४सै घण्टा खुला गरिएको हो ।

माडी जान चितवन राष्ट्रिय निकुञ्जको बनकट्टादेखि कसरासम्मको हुलाडी सडकखण्ड भोली बिहिबारदेखि २४सै घण्टा खुला गर्ने सहमति भएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जनताको माग र आवश्यकतालाई हेरेर परीक्षणको रुपमा चारपाङ्ग्रे सवारीलाई २४सै घण्टा चल्न दिने गरी निकुञ्ज लचक भएको बताए।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा, नेपाली सेनाको नयाँ गोरख गण कसराका मेजर जीवन बिष्ट, माडी नगर उपप्रमुख खेमप्रसाद महतो, माडी १ का वडाध्यक्ष अमित कुमार लामा, भरतपुर २३ वडाध्यक्ष दीपक दवाडी, निकुञ्जको माडी बगहीँ सेक्टर संयोजक नारायणदत्त सापकोटा, उपभोक्ता समिति तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको बैठकले यस्तो सहमति गरेको हो।

माडीका स्थानीय वासिन्दाले निकुञ्जलाई चौविसे घण्टा खुला गर्नुपर्ने माग गर्दै आएका थिए ।

माडी नगरपालिकाले जिल्लाको सदरमुकाम आउन विभिन्न हैरानी झेल्नुपरेको भन्दैं सडक कालोपत्रे र चौविसै घण्टा खुलाउन माग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *