एलईभी ०१ को ग्राण्ड एक्सचेन्ज क्याम्प सुरू

एलएस अटोको नेपालका लागि आधिकारिक वितरक नेक्सन भेन्चरले एलईभी ०१ को ग्राण्ड एक्सचेन्ज क्याम्प आजदेखि सुरु गरेको छ।

यो क्याम्प माघ २३ गतेदेखि बालुवाटार शोरुममा सुरु भएको हो र माघ ३० गतेसम्म चल्नेछ।

यस क्याम्पमा कुनै पनि ब्रान्डको पुरानो गाडी साट्न सकिन्छ र इलेक्ट्रिक एसयूभी एलईभी ०१ प्राप्त गर्न सकिन्छ। साथै, टेस्ट ड्राइभको अवसर पनि उपलब्ध छ।

एक्सचेन्ज क्याम्पमा गिफ्ट ह्याम्पर, भ्यालुएसन डिस्काउन्ट र लोयल्टी बोनस समेत दिइनेछ।

गाडी एक्सचेन्ज गर्ने ग्राहकलाई ६.६ किलोवाटको चार्जर, १ वर्षको रोड ट्याक्स र इन्स्योरेन्स पनि दिइनेछ।

एलईभी ०१ क्रसओभर इलेक्ट्रिक एसयूवी हो जसमा ६७.१ किलोवाट आवरको लिथियम आयोन ब्याट्री रहेको छ।

यो गाडीमा ९९ किलोवाटको इलेक्ट्रिक मोटर छ र २१० एमएम ग्राउन्ड क्लियरेन्ससँग आउँछ।

यस गाडीको क्याबिनमा मल्टिकलर एम्बियन्ट लाइट, मल्टिफङ्सनल स्टेरिङ ह्वील, प्यानारोमिक स्काई रुफ, इलेक्ट्रीक टेलगेट, मल्टी ड्राइभ मोड, अटोमेटिक एसी जस्ता सुविधाहरू छन्।

सुरक्षाका लागि १० वटा एयरब्याग, एबीएस, इलेक्ट्रिक स्टेबिलिटी कन्ट्रोल, हिल असिस्ट कन्ट्रोल लगायतका सुविधाहरू उपलब्ध छन्।

यो गाडीले युरो एनक्याब बाट ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ।

एलईभी ०१ को स्ट्याण्डर्ड एडिसनको मूल्य ६१ लाख ९५ हजार रुपैयाँ र कम्फर्ट एडिसनको मूल्य ६९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *