सवारी दुर्घटनामा एक जनाको मृत्यु

राजधानीको चन्द्रागिरीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

चन्द्रागिरी नगरपालिका-९ चुनदेबी चोकमा बा.४ ख १७० नम्बरको गाडी र बा.प्र.०२-०४६ प ७१२९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका-९ बस्ने ३९ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सतुङ्गलस्थित एपिएफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको बिएण्डबि अस्पताल ललितपुरमा उपचार भइरहेको छ ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *