यस क्रममा फेल भएका सवारी साधनलाई मर्मत गरेर मापदण्डअनुसार सञ्चालन गर्न सुझाव दिइएको छ ।
प्रदुषण नियन्त्रणका लागि २९ पुसदेखि थालिएको सचेतनात्मक कार्यक्रम नियमित चलिरहेको छ ।
यस कार्यक्रमबाट सुधारको मौका दिँदा पनि मापदण्ड पूरा गररे क्रमशः कारबाहीको दायरामा ल्याएर सञ्चालनमा रोक लगाउनेसम्मको महानगरको तयारी छ ।
अहिलेसम्ममा कुलेश्वर, कमलपोखरी, वनस्थली, कोटेश्वर, दरवारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामंगल, पानीपोखरी र जमल भएर गुड्ने पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनको परीक्षण भएको छ ।
परीक्षणमा फेल हुने सवारी साधनमा सार्वजनिक यातायात सेवाका लागि सञ्चालन भएका बस, स्कूल बस, सरकारी कार्यालयले सञ्चालन गरेको बोलेरो, सामान बोक्ने ट्रकलगायत छन् ।
परीक्षण मापदण्डबाहिर रहेका सवारी साधनलाई मर्मत गर्न, त्यसपछि पुनः परीक्षण गराउन र मापदण्डभित्र सञ्चालन गर्न कवुलियतनामा गराइएको छ ।
सवारी साधन चेकजाँचका लागि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्यमा गरेको छ ।