श्रीलंकाले हटायो सवारी साधन आयात माथिको प्रतिबन्ध

श्रीलंकाले सवारी साधनको आयातमा लगाउँदै आएको प्रतिबन्ध हटाएको छ ।

यसलाई राष्ट्रपतिलाई नै हटाउने गरी चरम आर्थिक संकटबाट गु्रजिएको श्रीलंकाली अर्थतन्त्र सामान्य बनेको संकेतका रुपमा हेरिएको छ ।

फेब्रूअरी १ देखि बस, ट्रक, युटिलिटी भेइकलको आयातलाई अनुमति दिइनेछ । अन्य खालको सवारी साधनमाथिको प्रतिबन्ध पनि विस्तारै हट्दै जाने विश्वास गरिएको छ ।

कयौँ श्रीलंकालीहरूले ट्याक्सीको रुपमा प्रयोग गरिने निजी कार, स्पोर्ट्स युटिलिटी भेइकल, तीन पाङ्ग्रे सवारी साधन आदिको आयातमा लगाएको प्रतिबन्धको फुकुवा कुरिरहेका छन् ।

नयाँ उपलब्धि नभएपछि प्रचलनमा रहेका सवारी साधनको मूल्य आकासिएको छ ।

कमजोर स्थानीय मुद्रा र उच्च करका कारण आयात नै खुलाएपनि श्रीलंकालीहरूले सवारी साधन किन्न सक्लान् भन्ने प्रश्न पनि उठिरहेका छन् ।

विदेशी मुद्राको चरम संकटका कारण २०२२ मा   इतिहासमै  पहिलो पटक श्रीलंका डिफल्टमा गएको थियो ।

आयातको लागि पैसा नभएपछि खाद्यान्न, इन्धन र औषधिको समेत चरम अभाव भएको थियो ।

सरकार विरोधी प्रदर्शनमा तत्कालीन राष्ट्रपति गोतबाया राजापाक्ष देशै छाडेर भाग्न बाध्य भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *