नेपालगञ्जमा जे.के.पार्ट्स

http://नेपालगञ्जमा जे.के.पार्ट्स : परिचित कमर्सियल सवारी साधन निर्माता कम्पनी अशोक लेल्यान्डले विशेष रिटेल पार्ट्स आउटलेट ‘जे.के.पार्ट्स’ सञ्चालनमा ल्याएको छ ।

कम्पनीले सो बिक्री केन्द्रमार्फत अशोक लेल्यान्डका जेन्युइन स्पेयर पार्ट्स र एसेसरिजसहितको वान–स्टप सोलुसन उपलब्ध गराउने जनाएको छ ।

नेपालगञ्जको भुजैगाउँमा खुलेको सो नयाँ आउटलेटमा अशोक लेल्यान्डका सवारीधनी र फ्लिट अपरेटरका विविध आवश्यकता पूरा हुने गरी उच्च गुणस्तरीय, फ्याक्ट्रीद्वारा प्रमाणित पार्ट्स र एसेसरिज उपलब्ध हुनेछन् ।

एक कार्यक्रमका बीच आउटलेटको उद्घाटन अशोक लेल्यान्ड भारतका पार्ट्स प्रतिनिधि मलय साहु र नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले संयुक्त रुपमा गरेका हुन् ।

nabil bank

अशोक लेल्यान्ड भारतका पाट्र्स प्रतिनिधि मलय साहुले ‘रिटेल पार्ट्स आउटलेटले ग्राहकलाई अझै सेवा प्रदान गर्न र जेन्युइन अशोक लेल्यान्ड पार्ट्स उपलब्ध गराउन सहयोग गर्नुका साथै आफ्नो सवारी साधनको पर्फमेन्स बढाउन र लामो समय चल्न सक्षम बनाउने बताए ।

अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सका कार्यकारी निर्देशक निशान ढकालले आईएमई मोटर्सले ग्राहकलाई सधैँ उच्च स्तरीय सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आगामी दिनमा जेन्युइन अशोक लेल्यान्ड पार्ट्स उपलब्ध गराएर सेवाको गुणस्तर अझै वृद्धि हुने र सवारी साधनको विश्वसनियता र सुरक्षा समेत अझै बढाउने लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *