कोशीका पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले अदालतको आदेशको ११ दिनपछि शुक्रबार सरकारी गाडी फिर्ता गरेका छन् ।
उच्च अदालत विराटनगरले गत ७ माघमा अन्तरिम आदेश गर्दै थापालाई गाडी, सवारीचालक र इन्धन सुविधा उपलब्ध गराउने प्रदेश सरकारको १३ असोजको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
सुरक्षा थ्रेट बढेको भन्दै सरकारले पूर्वमुख्यमन्त्री थापालाई को १ ज ६५३ नम्बरको स्कारपिय गाडी, चालक र मासिक १२५ लिटर पेट्रोल दिँदै आएको थियो । हुन् त उनी सरकारले निर्णय अघि नै प्रदेश सभाले उपलब्ध गराएको गाडी चढ्दै आएका थिए ।
कोशी प्रदेश सभा सचिवालयका प्रवक्त्ता गौतमराज आमत्यले पूर्वमुख्यमन्त्री थापाले प्रयोग गर्दै आएको गाडी शुक्रबार फिर्ता भएको बताए ।
प्रदेश सरकारले शक्ति पृथकीकरण र नियन्त्रणको सिद्धान्तलाई छलेर ऐन नबनाई व्यक्तिगत रूपमा सत्तारूढ दल भएकै कारण थापालाई मात्र सुविधा दिएको भन्दै रिट दायर भएको थियो ।