Skip to content
अमेरिकन एयरलाइन्सको विमान आकाशमै एउटा हेलिकोप्टरसँग ठोक्किएको छ । अमेरिकाको ‘फेडरल एभिएशन एडमिनिस्ट्रेसन’ले उक्त दुर्घटनाबारे जानकारी दिएको हो ।
यो दुर्घटना स्थानीय समय अनुसार राति ९ बजे रिगन वासिङ्टन नेशनल एयरपोर्ट नजिकै पोटोम्याक नदीमाथि भएको हो ।
आपतकालीन उद्धार टोली विमानस्थलमा पुगिसकेको छ । त्यहाँ कयौँ एम्बुलेन्स र दमकल तैनाथ गरिएको छ ।
Post Views: 236