नौ हजार गाडी बोक्ने कार क्यारियर

चीनको नयाँ ऊर्जा गाडी (एनइभी) निर्माण गर्ने कम्पनी बिवाइडीले ‘बिवाइडी सेन्झेन’ कार क्यारियर सार्वजनिक गरेको छ ।

यो क्यारियर संसारकै ठूलो रोल–अन/रोल–अफ रहेको बताइएको छ ।

यस जहाजले एकपटकमा नौ हजार दुई सय गाडी बोक्न सक्छ । यसलाई कम्पनीले दिगो यातायात र अन्तर्राष्ट्रिय विस्तारतर्फको महत्वपूर्ण कदम भएको बताएको छ ।

कम्पनीका अनुसार उक्त जहाजको हालै निर्माण सम्पन्न भएर पानीमा उतारिएको छ ।

दुई सय १९ मिटर लामो र ३७.७ मिटर चौडा जहाज एलएनजी डुअल–फ्युल प्रविधि, बिवाइडीका अत्याधुनिक ब्याट्री प्याक र साफ्ट जेनेरेटरद्वारा सञ्चालित छ ।

यी प्रविधिले बिवाइडी सेन्झेनलाई संसारकै सबैभन्दा वातावरणमैत्री र कुशल कार क्यारियर बनाएको कम्पनीको दाबी छ ।

बिवाइडी सेन्झेनले बिवाइडीको बढ्दो जहाजको समूहमा स्थान पाएको बताइएको छ ।

यसअघि बिवाइडी एक्स्प्लोलर, बिवाइडी हेफेई र बिवाइडी चांझोउजस्ता जहाजले सातदेखि नौ हजार दुई सय गाडी बोकेर अन्तर्राष्ट्रिय बजारमा एनइभी आपूर्ति गरेका थिए ।

कम्पनीले अर्को वर्षसम्म जहाज संख्या आठ पु¥याउने योजना बनाएको छ ।

कम्पनीले सन् २०२४ मा चार लाख १७ हजारभन्दा धेरै विद्युतीय गाडी निर्यात गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ७२ प्रतिशतले बढी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *