छैन पार्किङ शुल्कमा एकरूपता

एउटै तालुक निकाय नागरिक उड्डयन प्राधिकरण अन्तर्गतका काठमाडौं तथा पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलमा फरक फरक पार्किङ शुल्क तोकिएको पाइन्छ ।

यसै नियमावलीको दुहाइ दिंदै भैरहवा र पोखराका अन्तर्राष्ट्रिय विमानस्थलले काठमाडौं भन्दा सस्तो पर्ने एउटै दरका पार्किङ शुल्क लाग्ने गरी ठेक्कामा लगाएका छन् ।

तर पनि काठमाडौं भन्दा सस्तो हुने अनुपातमा एकरूपता कायम नगरी विभिन्न प्रकारका सवारी र समय अनुसार झण्डै १० देखि २९ प्रतिशतसम्म कम हुने गरी शुल्क कायम गरिएको छ ।

पोखरा एयरपोर्टको राम्रो पक्ष भनेको निजी तथा व्यक्तिगत प्रयोजनका सवारी साधनलाई १० मिनेटसम्म पार्किङको कुनै पनि शुल्क लाग्ने छैन भनी उल्लेख गरेको छ र यसलाई सही ढंगले कार्यान्वयनमा पनि ल्याएको छ ।

खासमा १० मिनेटमा यात्रु ओराल्न पर्याप्त हुन्छ र शुल्क दर पनि उचित देखिंदा त्यति गुनासो आएको देखिंदैन ।

एउटै तालुक अड्डाका ३ विमानस्थलमध्ये नयाँ दुईले उचित व्यावहारिक देखिने उस्तै दर तोक्दा काठमाडौंले अत्याचार नै गरेकोमा दुईमत छैन र ‘सार्वजनिक निकाय’ ले यस्तो उच्चदर कायम राखी निर्मम ढंगले असुल्नुमा विवाद हुनु पनि स्वाभाविक देखिन्छ ।

त्रिभुवन विमानस्थलले त आफ्नो वेबसाइटमा आफूले उपलब्ध गराएको सुविधा अन्तर्गत पार्किङ सम्बन्धमा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फ पार्किङको क्षेत्रफल समेत तोकी उपलब्ध गराएको र यसका अलावा पनि प्रिपेड ट्याक्सी र अन्य सवारी साधनका लागि निःशुल्क पार्किङ एरिया र अन्य खुल्ला क्षेत्र समेत उपलब्ध रहेको भनी अंग्रेजीमा उल्लेख गरे पनि व्यवहारमा फरक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *