खुल्यो कजरियाको सोरुम

भारतको अग्रणी टायल उत्पादक कम्पनी कजरियाले पोखराको शिवचोकमा नयाँ सोरुम खोलेर नेपालमा उपस्थिति विस्तार गरेको छ ।

धौला श्री सप्लायर्सद्वारा सञ्चालित सोरुमको उद्घाटन आइतबार भएको थियो ।

कार्यक्रममा पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष गोकर्ण कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै कजरियाका निर्देशक हिमांशु अग्रवालले नयाँ सोरुमको बारेमा उत्साह व्यक्त गरे ।

उनले भने, ‘पोखरा प्रिमियम बजार हो, यहाँ कजरिया टाइल्सको माग सधैं उच्च रहँदै आएको छ ।

पोखराका जनताले कजरियालाई निरन्तर माया र विश्वास गर्दै आएका छन् ।

त्यसैले हामीले उनीहरूलाई उत्कृष्ट कजरिया टाइल्समा सहज पहुँच सुनिश्चित गरेका छौं ।

यो सोरुमले उच्च गुणस्तरका उत्पादन र सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई संकेत गर्दछ ।’

रमेश कर्प र भारतको अग्रणी टाइल उत्पादक कजरिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजरिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *