ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लाटफर्म इनड्राइभले नेपालका बाढी र पहिरोबाट पीडितहरूलाई अति आवश्यक राहत उपलब्ध गराउन राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँग सहकार्य गरेको छ ।
इनड्राइभले बाढीपहिरो प्रभावित परिवारहरूका लागि ५ वटा आवास (घर) निर्माण गर्न एवम् अन्य आवश्यक सामग्रीहरू वितरण गर्न ३३ लाख ५५ हजार ५०० रूपैयाँ (२५ हजार अमेरिकी डलर ) सहयोग गरेको हो ।
पीडितहरूका आवश्यकता पूरा होस् भनेर इनड्राइभले स्थानीय समुदायसँग मिलेर उक्त आवासहरू निर्माण गरिरहेको हो ।
नमोबुद्ध नगरपालिकाको वडा नं. १० स्थित दाप्चामा २ वटा, लास्कोट गाउँमा एउटा र पनौती नगरपालिका-१२ स्थित रोशी गाउँमा २ वटा गरी ५ वटा आवासहरू निर्माण भइरहेका छन् ।
यी आवासहरू जाडो-गर्मी बाह्रैमास बस्न उपयुक्त हुने तवरले निर्माण गरिएका छन् । बाँस र माटोको प्रयोग गरेर बनाइएको हुनाले यी घरहरू टिकाउ र दिगो रहेका छन् ।
हरेक घरमा २ वटा बेडरूम, अगाडिपट्टि बार्दली र शौचालय र किचन, डाइनिङ र लिभिङका लागि एउटा कोठा रहेका छन् । चिसोमा न्यानो र गर्मीमा शीतल हुने किसिमले व्यवस्था गरिएको छ ।
यी घरहरूमा जाडोमा तापक्रम ११ डिग्री सेल्सियसभन्दा तल नजाने र गर्मीमा ३० डिग्रीभन्दा माथि नजाने जानकारी दिइएको छ ।
घर निर्माणका साथसाथै इनड्राइभले नमोबुद्ध नगरपालिकाको वडा नं. १० का पीडित परिवारहरूलाई कम्बलहरू पनि प्रदान गरेको छ ।
इनड्राइभका एसिया प्यासिफिक कम्युनिकेशन लिड पवितनन्दा आनन्दले भने, ‘हामी समुदायका मानिसहरूलाई सहयोग गर्ने र आवश्यकताअनुसार दिगो समाधान प्रदान गर्ने कुरामा विश्वास गर्छौं ।
हामी सञ्चालन हुने ठाउँहरूमा सकरात्मक् प्रभाव पार्नुपर्छ भन्ने हामी विश्वास राख्छौँ ।
राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँग सहकार्य गरेर हामीले प्राकृतिक प्रकोपबाट प्रभावित परिवारहरूलाई आश्रय प्रदान गर्ने मात्र नभई भावी जीवन अझ राम्रो बनाउन मिल्ने आश्रयको व्यवस्था गरेका छौं ।
यस सहकार्यले राहत वितरणको प्रयास र प्रभावित परिवारमा आशाको किरण छर्ने हाम्रो प्रतिबद्धतालाई प्रस्ट पारेको छ ।’
इनड्राइभका एसिया प्यासिफिक रिजनल डाइरेक्टर मार्क टलीले भने, ‘सामाजिक अन्यायलाई चुनौती दिने मिशनमा लागिपरेको इनड्राइभ सन् २०३० को अन्त्यसम्म एक अर्ब मानिसको जीवनमा सकारात्मक प्रभाव पार्न प्रतिबद्ध छ ।
दिगो समाधान र अर्थपूर्ण कामहरूमार्फत सामुदायिक हितको लागि हामीले राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रससँग सहकार्य गरेका छौं ।
यस सहकार्यले हाम्रो विश्वासलाई मूर्तरूप दिएको छ ।
प्राकृतिक प्रकोपबाट प्रभावित परिवारहरूलाई अस्थायी बसोबास मात्र नभएर हामीले यस्तो समाधान दिएका छौं जहाँ उनीहरूले आफ्नो जीवन नयाँ तरिकाले सुरूआत गर्न सक्नेछन् ।
चुनौतीपूर्ण समयमा सहायता प्रदान गर्ने र दिगो समुदाय निर्माण गर्ने हाम्रो प्रतिबद्धतालाई यस सहकार्यले मूर्तरूप दिएको छ ।
हामी नवीन, दिगो पहलहरूमार्फत सामुदायिक सशक्तीकरण गर्न समर्पित छौं ।
हाम्रो मिशन भनेको हामी सञ्चालन भएको हरेक समुदायको आवश्यकतालाई सम्बोधन गरेर सकारात्मक प्रभाव पार्नु हो ।’
Post Views: 253