श्री अम्बा टायर शोरुम उद्घाटन

श्री अम्बा ग्रुपले कलंकी ढुंगेअड्डामा नयाँ टायर शोरुम खोलेको छ।

शनिबार एक विशेष कार्यक्रममा “श्री अम्बा टायर हाउस” को उद्घाटन गरिएको हो। यो समुह पछिल्लो २० वर्षदेखि गाडीका पार्टपुर्जा व्यवसायमा काम गर्दै आएको छ।

उद्घाटन समारोहमा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, वडा नम्बर १५ का अध्यक्ष घनश्याम लुइँटेल, र श्री अम्बा ग्रुपका निर्देशक अरुण कुमार अग्रवाल लगायत सहभागी थिए।

यो शोरुममा एमआरएफ, सिएट, म्याक्सिस, अपोलो, जेके, कन्टिनेन्टल र लिङलङ जस्ता नामी टायर ब्रान्डहरू पाइन्छन्।

साथै, हेज, एरोस्टार, एक्सिस र एसएमटी जस्ता गुणस्तरीय हेलमेटहरू पनि यहाँ उपलब्ध छन्।

त्यसैगरी, जुनेक्स, मेसिमो र ग्लोब्याट जस्ता भरपर्दा ब्याट्रीहरू पनि बिक्रीका लागि राखिएको छ।

शोरुममा एलोई ह्विल, टायर फिट गर्ने सेवा र नाइट्रोजन ग्यास भर्ने सुविधा पनि छ।

यो शोरुम ढुंगेअड्डास्थित त्रिथुंगा कम्प्लेक्समा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *